ताजा समाचार

नेपाल आइलन सिजन ४ का प्रतिस्पर्र्धी रञ्जित नेपाली द्धरा भोटको अपिल

 नेपाल बाहक    २९ फाल्गुन २०७८, आईतवार १०:३८     36 जनाले पढ़िसके

रामेछाप । नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ सिजन ४ का सहभागी रञ्जित नेपालीले रामेछापवासी सँग भोटको अपिल गरेको छन् । आइतबार मन्थलीको होटेल काठमान्डु पत्रकार सम्मेलन गदै आफूलाई भोट गरेर नेपाल आइटलको उपाधि जिताउन सहयोग गर्न अनुरोध गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपालीले रामेछापेलीको मायाले नेपाल आइडल सिजन ४ को टप ५ पुगेको बताउँदै अझै धेरै भोट गरेर नेपाल आइडलको उपाधि जिताउन सहयोग गर्ने अपेक्षा लिएको बताए । रामेछापको मन्थली नगरपालिका ८ चिसापानी स्थायी घर भएका नेपाली केही वर्ष देखि नेपाली सङ्गीत क्षेत्रमा संघर्ष रथ छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बन्द्रि नयाघरेले नेपालीलाई जिताउन रामेछापका सबै संन्चार गृह लाग्नु पर्ने बताउनु भयो । नेपाल आइडलको टप ५ पुग्नु गौरवको कुरा रहेको बताउँदै नयाँघरेले नेपालीले नेपाल आइडल जितिसकेको बताउनु भयो । पत्रकार सम्मेलनमा उहाँ लाखौँ सहभागी बाट टप ५ मा पुग्ने सामान्य कुरा रहेको बताउँदै जितको लागि शुभकामना समेत दिनु भयो ।
नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । प्रतियोगिताको फाइनल चैत ४ गते हुने आयोजक स्रोतले जनाएको छ । उनलाई सेल्पे एप डाउनलोड गरी भोट गर्न सकिने छ भने नेपाल बाहिरबाट भोट गर्नका लागि सृष्टि एप डाउनलोड गर्न सकिने छ । साथै मोबाइलको एसेमेस मार्फत भोट गर्न ०९ टाइप गरी ३७००० मा पठाउन सक्नुहुनेछ भने प्रभु पे मार्फत पनि देश विदेशबाट भोट गर्न सकिने छ ।