ताजा समाचार


भलुवाजोरमा भएको अमानवीय व्यवहार प्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण

 नेपाल बाहक    ६ चैत्र २०७८, आईतवार १६:४०     414 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरमा एक दलित बालिका माथि भएको अमानवीय व्यवहार प्रति रामेछापका मानव अधिकार कर्मीले ध्यानाकर्षण भएको बताएका छन् ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापकाले आइतबार एक विज्ञप्ति जारी गदै यस ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले घटनालाई गभ्भिरता पूर्वक लिई पिडकलाई कारबाहीको दायरमा ल्याउन भनेको छ ।
संन्जालका संयोजक पाण्डव प्रसाईँले हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा कुनै पनि प्रभाव तथा दबाबमा नपरी घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ । साथै विज्ञप्तिमा यस्ता खाले घटना दोहोरिन नदिन सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नु समेत सरोकार वाल समक्ष अनुरोध गरेको छ ।