ताजा समाचार

रामेछापमा एक जना उम्मेदवारको उम्मेदवारी खारेज

 नेपाल बाहक    १६ बैशाख २०७९, शुक्रबार ०६:३१     14 जनाले पढ़िसके

रामेछाप । रामेछापमा एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । रामेछाप नगरपालिकाको मेयर पदमा उम्मेदवार दिनु भएका रत्न बहादुर नेवारको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
उहाँ विरुद्ध नेकपा माओवादी केन्द्र बाट रामेछाप नगरपालिकाको मेयर पदका उम्मेदवारी दिनु भएका नरेश बाबु श्रेष्ठले दाबी विरोधको उजुरी परेको थियो । उहाँ विरुद्ध नगरपालिकाका भित्र ठेक्कापट्टा काम संलग्न रहेको उजुरीमा उल्लेख थियो । उहाँ स्वतन्त्रबाट रामेछाप नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको थियो ।
नेवार सहित रामेछापका ६ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको थियो । अन्य पाँच जनाको उम्मेदवारी भने कायम राख्ने निर्वाचन कार्यालयले निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनमा रामेछापका २४ दलले भाग लिने भएका छन् । रामेछापमा ९१ हजार एक सय ३१ जना पुरुष मतदाता र ८७ हजार सात सय ६७ जना गरी कुल एक लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेका छन् । २ सय २३ मतदाता केन्द्र तथा ९२ मतदान स्थल रहेका छन् ।