ताजा समाचार

सत्ताको आडमा एमालेका उम्मेद्धारलाई झुटा मुद्दामा फसाउन खोजियो : एमाले लिखु

 नेपाल बाहक    २१ बैशाख २०७९, बुधबार १९:२०     10 जनाले पढ़िसके

ओखलढुङ्गा । सरकारले सत्ताको आडमा उम्मेदवारलाई फसाउन खोजेको एमाले लिखु गाउँपालिका कमिटीले आरोप लगाएको छ ।
लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार मिलन विष्ट विरुद्ध पक्राउ पुर्जी जारी भए पछि एमाले लिखु गाउँपालिका कमिटीले बुधवार प्रेस विज्ञप्ति जारी गरेको हो ।
एमाले लिखु गाउँपालिका कमिटी अध्यक्ष रामकुमार आछामी थापा मगर र सचिव रेसम बिस्टद्वारा हस्ताक्षर गर्नु भएको विज्ञप्तिमा विष्ट विरुद्ध राजनीतिक प्रतिशोध र सत्ताको दुरुपयोग गरेर झुटा मुद्दामा फसाइएको भन्दै आपत्ति जनाइएको छ ।
जारी विज्ञप्तिमा विरोधीहरूले यस किसिमका आपराधिक गतिविधि तत्काल बन्द नगरे प्रतिवादमा उत्रिने र जुनसुकै मूल्य चुकाउन समेत लिखु एमाले तयार रहेको समेत उल्लेख छ ।  विष्ट बैङ्किङ कसुर तथा दोहोरो नागरिकता लिएको भन्दै काङ्ग्रेसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार अशोक कार्कीले उजुरी दिएका थिए ।