ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेलबाट उपाध्यक्षमा बागी उम्मेदवार बन्नुभएकी सुभद्रा कटवालले एमालेका उम्मेदवारलाई समर्थन गर्नुभएको छ । सो गाउँपालिकामा एमालेले अस्मिता थापालाई उम्मेदबार बनाएको प्रति असन्तुष्टि जनाउँदै उहाँले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
निर्वाचन आयोगले उम्मेवदवारी फिर्ता लिन दिएको समयमा पनि उम्मेदवारी फिर्ता लिन अस्विकार गर्नुभएकी कटवालले शुक्रबार आफ्नो उम्मेदवारी स्थगन भएको बताउनुभयो । पार्टीको हितलाई ध्यानमा राखि आफूले उम्मेवदावारी फिर्ता लिएको उहाँले बताउनुभयो । आफ्नो समर्थन एमालेका आधिकारिक उम्मेवदारलाई रहेको र अब एमालेको चुनावी अभियानमा सहभागि हुने उहाँले बताउनुभयो ।