ताजा समाचार


मन्थली १ को वडा अध्यक्षमा काग्रेसका उम्मेद्वार विजयी

 नेपाल बाहक    १ जेष्ठ २०७९, आईतवार १२:१५     204 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालीका १ को वडा अध्यक्षमा काग्रेसबाट उम्मेद्वार बन्नु भएको होम प्रसात पौडेल (रामहरी) बिजय हुनु भएको छ ।
पौडेलले ९ सय २० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धि एमालेका दिनेश सुबेदीले ७ सय ८४ मत पाउनु भएको थियो । त्यसै गरी सदस्यहरुमा काग्रेस बाट उम्मेद्वार बन्नु भएकी तिज कुमारी भुजेल, चन्द्र बहादुर माझि, एमालेबाट उम्मेद्वार बन्नु भएका राम कुमार माझि र सिता सार्कि बिजय हुनु भएको जिल्ला निबार्चन कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालीका १ मा नेपाली काग्रेस र माओवादी केन्द्र बिच चुनाबि गठबन्धन भएको थियो ।