ताजा समाचार


मन्थली ३ कठजोरमा एमाले उम्मेद्वार विजयी

 नेपाल बाहक    ३ जेष्ठ २०७९, मंगलवार ०५:२०     158 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका ३ मा एमालेको प्यानल नै विजयी भएको छ ।
मन्थली–३ को वडाध्यक्षमा नेकपा एमालेका कृष्णगोपाल थापा सहित उहाँको प्यानल नै बिजय भएको हो । थापाले ७ सय ५४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण बोगटीले ४ सय ८८ मत पाउनु भएको छ ।

त्यसै गरी सदस्यहरुमा रमेश बरुवाल, प्रदिप भट्टराई, उर्मिला बुढाथोकी, र गिता नेपाली बिजय हुनु भएको छ ।