ताजा समाचार


नागरिकको भावना अनुसार काम गर्ने नवनिर्वाचित नगरप्रमुख श्रेष्ठको प्रतिबद्धता

 नेपाल बाहक    ५ जेष्ठ २०७९, बिहीबार १६:१५     158 जनाले पढ़िसके

रामेछाप । मन्थली नगर पालिकाका नवनिर्वाचित नगरप्रमुख लब श्रेष्ठले नागरिकको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । निर्वाचित भए पश्चात् मन्थलीमा आयोजित विजयी र्यालिलाई सम्बोधन गदै उहाँले सबै दल सँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।
नागरिकको अमूल्य मतको कदर गदै समृद्ध नगर निमार्णको लागि लागि पर्ने उहाँले बताउनु भयो । कोण सभालाई सम्बोधन गदै नगर प्रमुख श्रेष्ठ अघिल्लो कार्यकालमा अपुरो रहेका राम्रो कामलाई निरन्तरता समेत बताउनु भयो ।
नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद कार्कीलाई पराजित गर्दै श्रेष्ठ ९ हजार ७१८ मत सहित विजय हुनु भएको हो । उहाँ निकटतम प्रतिद्धन्द्धी कार्कीले ९ हजार १२२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसै गरी मन्थली नगरपालिकाको उप प्रमुखमा काँग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठलाई पराजित गदै एमाले बाट उम्मेदवार बन्नु भएकी ईश्वरी बस्नेत विजय हुनु भएको छ । उहाँले ९ हजार १६१ मत ल्याएर विजयी हुँदा काँग्रेसकी उम्मेदवार श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गर्नुभएको छ ।
१४ वटा वडा रहेको रामेछाप मन्थली नगरपालिकाको छ÷छ वटा वडाको अध्यक्ष नेकपा एमाले र नेपाली काँग्रेसले जितेको छ भने एक÷एक वटा वडाको अध्यक्ष माओवादी केन्द्र र एकीकृत समाजवादीले जितेको छ ।