ताजा समाचार


खाडाँदेबि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

 नेपाल बाहक    ६ जेष्ठ २०७९, शुक्रबार ०९:१६     174 जनाले पढ़िसके

रामेछाप । खाडाँदेबि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजय भएका छन् । खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ निर्वाचित हुनु भएको हो ।
श्रेष्ठले काँग्रेस उम्मेदवार नवराज थोकरलाई पछि पादैँ ७ हजार ३ सय ६९ मतका साथ खाडाँदेबि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गर्नु भएको थियो ।
त्यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएका मान लामालाई पछि पादैँ एमाले उम्मेदवार रमा घिसिङ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । घिसिङले ७ हजार ४ सय ५८ मत प्राप्त गर्दा लामाले ४ हजार १ सय ११ मत प्राप्त गर्नु भएको थियो ।
खाडादेबिमा एमालेले ७ वडामा विजय भएको छ भने काँग्रेस र माओवादी केन्द्रले एक÷एक वडामा विजय भएको छ । निर्वाचन कार्यालय रामेछापका अनुसार खाडादेबि गाउँपालिका वडा न. १ को वडा अध्यक्षमा माओवादी केन्द्रमा राम कुमार श्रेष्ठ विजय हुनु भएको छ भने वडा न २,३,४ र ५ मा क्रमशः एमाले उम्मेद्वारहरु केशव प्रधान, पुष्कर कार्की, कृष्ण प्रसाद पौडेल र मनोज पौडेल विजय हुनु भएको छ । त्यसै गरी वडा न. ६ को वडा अध्यक्षमा काँग्रेस उम्मेदवार नारायण कार्की विजय हुँदा वडा न ७,८ र ९मा क्रमशः एमालेका सिरे तामाङ, जंगलाल तामाङ र अक्कल बहादुर भण्डारी विजय हुनु भएको छ ।