ताजा समाचार


मन्थलीमा ९१ जनाको निःशुल्क मोतिया बिन्दुको अपरेसन

 नेपाल बाहक    १६ जेष्ठ २०७९, सोमबार १९:१२     122 जनाले पढ़िसके

रामेछाप । रामेछापका ९१ जनाको निःशुल्क मोतिया बिन्दुको अपरेसन गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजना तीन दिन सम्म भएको आँखा शिविरमा २ सय भन्दा बढी नागरिकले आँखा परीक्षण गरेका थियो ।


जिल्ला सामुदायिक आँखा केन्द्रमा आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेका अनुसार रामेछाप, दोलखा, सिन्धुली र ओखलढुगाका नागरिकले शिविरमा सेवा लिएका थिए । शिविरमा हेटौडा सामुदायिक आँखा अस्पतालका डाक्टर होम गुरुङ लगायतको प्रबिधिक टोलीले आँखाको परीक्षण तथा अपरेसन गरेको थियो ।