ताजा समाचार


१७ दिनमा १७ करोड बढीको व्यापार गदैँ ‘कबड्डी ४’ बन्यो सर्वाधिक हिट चलचित्र

 नेपाल बाहक    २४ जेष्ठ २०७९, मंगलवार १६:०१     275 जनाले पढ़िसके

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ४’ ले १७ दिनमा १७ करोड बढीको व्यपार गरेको छ । छक्कापञ्जा ३ को लाइफटाइम कलेक्सनलाई उछिन्दै ‘कबड्डी ४’ सफल चलचित्रका कीर्तिमान कायम गर्न सफल भएको हो ।

चलचित्रका निर्देशक रामबाबु गुरुङका अनुसार आइतबारसम्म चलचित्रले १७ करोड ६५ लाख कलेक्सन गरेको थियो । सोमबारको रिपोर्ट भने प्राप्त भइसकेको छैन । रिलिज भएको दिनदेखि नै कबड्डी ४ ले कीर्तिमानी व्यापार गर्दै आएको छ ।
पहिलो शनिवार फिल्मले तीन करोडभन्दा माथिको व्यापार गरेको थियो । दोस्रो शनिवार पनि दर्शकहरू कबड्डी ४ हेर्न हलमा ओइरिए ।शाहीका अनुसार दोस्रो शनिवार अढाई करोड कलेक्सन भएको छ । आइतबार र सोमबार ८० लाखको हाराहारी व्यापार गरिरहेको उनले बताए ।

फिल्मको लाइफटाइम कलेक्सन ३० करोडसम्म पुग्न सक्ने अनुमान निर्माण पक्षले गरेको छ । यो चलचित्र ३ करोडको लागतमा बनेको हो । दोस्रो हप्तासम्म करिब १८ करोड कलेक्सन हुँदा निर्माताले ९ करोड रुपैयाँ कमाइसकेका छन् ।