ताजा समाचार


रामेछापमा डुङा दौड प्रतियोगिता हुँदै

 नेपाल बाहक    ३१ जेष्ठ २०७९, मंगलवार १७:०५     113 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्ला पहिलो पटक डुङा दौड प्रतियोगिताको आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना हुने प्रतियोगिताको व्यवस्थापन रामेछाप जिल्ला खेलकुद विकास समितले गर्ने छ । मन्थली नगरपालिकाले आर्थिक सहयोग तथा माझी उत्थान सङ्घ रामेछापको समन्वयमा प्रतियोगिता हुने रामेछाप खेलकुद विकास समिति रामेछापले जनाएको छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख केशव कटेलका अनुसार लोपोन्मुख माझी समुदायको परम्परागत खेलकुद संरक्षणको लागि डुङा दौडको आयोजन गर्न लागिएको हो । प्रतियोगिता असार ४ गते मन्थली नगरपालिका ६ सेलेघाटमा सञ्चालन हुने प्रमुख कटलेले बताउनु भयो ।
प्रतियोगितामा सिङ्गल तर्फ प्रथम हुनेले २० हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने द्धतिय हुने १५ हजार नगद, मेडल र प्रमाण र तृतीय हुनेले नगद १० हजार र मेडल र प्रमाण पत्र प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सरोज घागा मगरले जानकारी दिनु भयो । त्यसै गरी डवल तर्फबाट प्रथम हुनेले नगद ३० हजार, मेडल र प्रमाण पत्र, द्धतिय हुनेले नगद २० हजार मेडल, प्रमाण पत्र र तृतीय हुनेले नगद १० हजार र मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।