ताजा समाचार


मन्थलीमा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन हुदैँ

 नेपाल बाहक    २ असार २०७९, बिहीबार ०९:१३     345 जनाले पढ़िसके

रामेछाप । मन्थलीमा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिने भएको छ ।
मन्थली नगरपालिकाको आयोजनामा दुई दिन सम्म शिविर सञ्चालन हुने छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव फुयाँलका अनुसार शिविर असार ३ र ४ गते मन्थली अस्पतालमा सञ्चालन हुने छ ।
शिविरमा मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग रहने छ भने मुटु बचाउ अभियान अन्तर्गत शिविर सञ्चलन गर्न लागिएको नगरपालिका स्वास्थ्य शाखा संयोजक फुयाँलले बताउनु भयो ।
शिविरमा मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकले निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा दिने नगरपालिकाले जनाएको छ । शिविरमा निःशुल्क ईसीजी, इको कार्डियो ग्राफि सेवा तथा निःशुल्क औषधी वितरण गरिने छ ।