ताजा समाचार


मन्थली ३ कठजोरलाई फोहोर मुक्त बनाउने वडाध्यक्ष थापाको योजना

 नेपाल बाहक    २ असार २०७९, बिहीबार १८:५७     215 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका वडा न. ३ कठजोरका वडा अध्यक्ष कृष्ण गोपाल थापाले वडालाई फोहोर मुक्त बनाउने घोषण गर्नु भएको छ । खास गरि प्लाष्टिक तथा सिसा जन्य फोहोरले वतावरण प्रत्यक्ष असर गरेको भन्दैँ फोहोर मुक्त कठजोर सञ्चालन गर्न लागिएको वडा अध्यक्ष थापाले बताउनु भयो ।
वडालाई फोहोर मुक्त बनाउने योजनालाई सफल बनाउन उहाँले वडा बासिलाई आव्हान समेत गर्नु भएको छ । उहाँले कागजन्य, प्लाष्टिक जन्य, सिसा जन्य फोहोरलाई छुट् छुटै थैलामा राख्न वडा बासिलाई आव्हान गर्नु भएको छ ।
वडा अध्यक्ष थापाले कुहिने फोहोरलाई घरमै प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न अनुरोध गर्नु भएको छ भने नकुहिने फोहोरलाई वडा कार्यालयले किनिदिने समेत व्यवस्था मिलाएको बताउनु भयो ।