ताजा समाचार


रामेछाप प्रहरीद्वारा भरुवा बन्दुक सहित एक जना पक्राउ 

 नेपाल बाहक    ८ असार २०७९, बुधबार १८:४२     288 जनाले पढ़िसके

 रामेछाप । रामेछाप प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका वडा न। ६२ वर्षका आइते तमाङ रहेका छन् ।
तामाङले आफ्नै घर भित्र घरेलु हतियार भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचना आधरमा प्रहरीले उनको घरमा खोजतलास गरेको थियो ।  प्रहरी अधिकृत सहितको टोलीले उनको घरमा खोजतलास गर्दा उनको घरबाट फलाम र काठले बनेको भरुवा बन्दुक एक थान , बन्दुकमा प्रयोग हुने बारुद अन्दाज १० ग्राम फलाको टुक्रा ४ वटा फेला परेको रामेछाप प्रहरीले जनाएको छ ।
प्रहरीले तामाङलाई असार ६ गते उनकै घरबाट पक्राउ गरेको थियो ।   रामेछाप प्रहरीले तामाङलाई  नियन्त्रणमा लिइ  जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।