ताजा समाचार


हिमगंगामा सुस्त मनस्थितिकी बालिका बलात्कृत

 नेपाल बाहक    १४ असार २०७९, मंगलवार १५:५६     222 जनाले पढ़िसके

रामेछाप । रामेछाप नगरपालिका वडा न। ४ हिमगंगामा सुस्त मनस्थिति भएकी १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले सोही स्थानका ६२ वर्षका श्याम प्रसाद घिमिरेलाई पक्राउ गरेको छ ।
घिमिरेलाई प्रहरीले असार ८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिनु भयो । प्रवक्ता ढकालका अनुसार घिमिरेले पटक पटक बलात्कार गरेको थिए ।
पछिल्लो पटक उनले ती बालिकालाई गत असार १ गते जबरजस्ती करणी गरेका थिए । घिमिरेले गत असार १ गते बुधबार बेलुका आफ्नै घरमा बसिरहेकी ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका थिए ।
बलात्कार पछि घिमिरेले बालिकालाई यो कुरा कोही कसैलाई भनेमा मार्छु काट्छु भनी डर त्रास देखाएका थिए । पक्राउ परेका घिमिरेलाई जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिनु भयो ।