ताजा समाचार


बिहेको प्रलोभन देखाएर १५ बर्षिय बालिकालाई बलात्कार

 नेपाल बाहक    २३ असार २०७९, बिहीबार ०७:४०     84 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले बलत्कारको अरोपमा एक जनालाई पक्राउ गरेको छ । १५ बर्षिय बालिकालाई बिहेको प्रलोभन देखाएर बलत्कार गरेको आरोपमा मन्थली नगरपालीका ६ भलुवाजोरका गोबिन्द माझि पक्राउ परेका हुन् । माझिलाई रामेछाप प्रहरीले मंगलबार सिन्धुली जिल्लाको ग्वालटार बाट पक्राउ गरेको हो । उनले मन्थली नगरपालिका वडा नं १ बसपार्कमा कृतिका थकाली गेष्ट हाउस संचालन गर्दै आएकोमा सोही गेष्ट हाउसमा ललाई फकाई करणी गरेको अनुसन्धनबाट खुलेको रामेछापका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी राजु प्रसात ढकालले बताउनु भयो । करणी गरी पछि माझि फरार भएका थिए । पक्राउ परेका माझीलाई जिल्ला अदालत रामेछापबाट म्याद मिलान गरेर घटनाको बारेमा अनुसन्धान भैरहेको सूचना अधिकारी ढकालले बताए ​​​​​​​