ताजा समाचार


दुई बालबालिका सहित रामेछापका ३ जनामा डेंगुको पुष्टि

 नेपाल बाहक    ५ श्रावण २०७९, बिहीबार १०:५६     76 जनाले पढ़िसके

रामेछाप । रामेछापका ३ जनामा डेंगुको रोगको पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार बुधवार रामेछापका २ बालबालिका सहित ३ जनामा डेंगुको डेंगु पुष्टि भएको हो ।
आरडिटि बिधिबाट परिक्षण गर्दा उनिहरुमा डेंगु पुष्टि भएको रामेछप अस्पतालले जनाएको छ । डेंगु रोग देखा पर्नेहरुमा शारदा संस्कृत माविमा दुई बिद्यार्थि र रामेछाप नगरपालिका ९ का एक जना ६५ बर्षिय पुरुष रहेको जिल्ला अस्पताल रामेछापका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले बताउनु भयो । अहिले तीनै जनाको जिल्ला अस्पतालामा उपचार भइरहेको छ । उनिहरुलाई अझै एक हप्ता अस्तालको निगरानिमा राखिने श्रेष्ठले बताउनु भयो ।

डेंगु के हो ?

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए ।