ताजा समाचार


उद्यमशिलता सहितको बिद्यार्थि जीवन बनाउ

 नेपाल बाहक    १४ श्रावण २०७९, शनिबार १३:३०     73 जनाले पढ़िसके

मलाई शिक्षाविद्हरुले उन्नाइसौं शताब्दीमा लेखेका पाठ्यक्रमले मात्र अबको संसारमा प्रभावशाली ब्यक्ती बन्न सकिँदैन जस्तो लाग्छ । धेरै विद्यार्थीहरूले बुझ्नुहुन्छ होला उद्यमशीलता पाठ्यक्रमहरूले सञ्चारको कला, समय व्यवस्थापन, वार्तालाप, र सहयोग सिकाएर उनीहरूको शिक्षालाई बढाउँछ । वास्तवमा, उद्यमशीलता अर्को विषय मात्र होइन; यो एक मानसिकता हो जसले व्यक्तिहरूलाई फुर्तिलो सोच विकास गर्न मद्दत गर्दछ ताकि तिनीहरू समस्याहरू पहिचान गर्न र मूल्य सिर्जना गर्ने समाधानहरू फेला पार्न सकुन। यी विश्लेषणात्मक र पारस्परिक सीपहरूले जीवनलाई सफल बनाउन मद्दत गर्दछ, त्यसैले विद्यार्थीहरूको लागि उद्यमशीलता धेरै महत्त्वपूर्ण छ ।
विशेष गरी हाई स्कूलको समयमाः नवीन सोचको विकास गर्नुपर्छ , सहयोग मार्फत नेतृत्व गर्नुपर्छ, आत्मविश्वास संग दृढता जोड्नुपर्छ किनकि यी यावत बानिले उद्यमशीलता भएको सोचाइको बिकास गर्दछ । सफल मानिस बन्ने बाटोमा हिडाउछ ।उद्यमशीलता विद्यार्थीहरूको लागि यति महत्त्वपूर्ण छ कि बिस्वका धेरै दूरदर्शी विद्यार्थीहरू आफ्नै व्यवसाय चलाउन चाहन्छन् किनभने तिनीहरू स्वायत्तता, वित्तीय सुरक्षा, र व्यावसायिक लचिलोपन खोज्छन्। निस्सन्देह, यी युवा वयस्कहरू मध्ये केहीले विरासतलाई बलियो बनाउने र विस्तार गर्ने आशामा पारिवारिक व्यवसायको उत्तराधिकारी बन्दैछन। यसको विपरित,हामी जस्तो आर्थिक पारिवारिक पृष्ठभुमि कमजोर भएका समुदायका युवाहरुले उदीयमान आवश्यकताहरू पूरा गर्न स्टार्टअप सुरु गर्दैछन । यसरी बदलिँदो विश्व परिवेश बाट हामी पनि प्रभावित हुनु जरुरी छ जसले हामिहरूलाई पनि कसरी आविष्कार गर्ने, नेतृत्व गर्ने, सहकार्य गर्ने र लगनशील हुन सिकाउनेछ।
साथिहरु, सहयोगको माध्यमबाट नेतृत्व गर्ने कला सिक्नुहोस् जब मैले उद्यमशीलतामा सफल ब्यक्तिहरुलाइ सोधे उनीहरूको पहिलो जवाफ थियो सफल हुन सहकार्य मार्फत नेतृत्व गर्न सिक्नुपर्छ। हामिहरुले सानैबाट अरु भन्दा फरक रूपमा स्पष्ट बोल्न , स्पष्ट भाषणहरू लेख्न र प्रस्तुत गर्ने कलाहरु सिक्न जरुरी छ। यसरी, हामिहरु प्रभावकारी ब्याक्तित्वको विकास गर्न सक्छौ। संचार कौशल जुन जीवनको हरेक पक्ष र कुनै पनि क्यारियर मार्गमा लागू हुन्छ। बदलिँदो समय सङ्गै अब हरेक मानिसले जीवन र कामको लागि तयारी गर्नु पर्नेछ ।विद्यार्थीजीवनबाटै हामिहरूले आफ्नो सञ्चार कौशललाई सुधार गर्ने र एकअर्कासँग सहकार्य गर्ने, एकाअर्कालाई आदर, समानुभूति, सौहार्दता र विश्वासको विकास गर्ने बानिको बिकास गर्न सक्यौ भने हामिहरूलाइ वयस्कतामा प्रवेश गर्दा नेतृत्वको लागि पनि तयार हुन सजिलो हुनेछ। विद्यार्थीहरूलाई सक्रिय प्रविधि र ईमानदार उद्यमशीलताले समाजमा प्रभाव पार्न सक्षम बनाउँछ । विद्यार्थीहरूले स्थानीय व्यवसायहरू र गैर–नाफामुखी संस्थाहरू भ्रमण गरिरहनुपर्छ किनभने तिनीहरूले आफ्नो समुदायमा एक विशेष आवश्यकतालाई लक्षित गरि विभिन्न टोलीहरूमा काम गरेर समाजको दिगो बिकासमा टेवा पुर्याइरहेका हुन्छन । जसको कारण प्रेरित भएर हामिहरुले भबिस्यको आफ्नो रुचि अनुसारको दिगो लक्ष्य बनाउन सक्छौ ।
आजका किशोरकिशोरीहरूले संसारमा फरक गर्न चाहन्छन तर यसको लागि अझै हाम्रो समाज सकारात्मक हुन सकेको छैन । स्टाट-अप गरौ पैसा छैन ,जागिर गरौ पास भइदैन । बिदेशिनु नेपाली युवाहरुको बाध्यता हो भनेर मेरै दाइको साथी बिदेश गएको दिन थाहा पाएको हु । त्यसकारण अब हामिहरुले बिध्यार्थी जीवन देखि नै आफ्नो मानसिकतालाई उद्यमशीलता भएको मानसिकता बनाउने क्रियाकलापमा सहभागी हुनुपर्छ र सानै बाट केही न केहिको स्टाट अपको सुरुवात गर्नुपर्छ ताकी हामिले बिदेशिरहेका दाजुभाइ तथा दिदिबहिनीहरुलाइ यहि काम दिन सकौ । हाम्रो देशमा धेरै सम्भावनाहरु छन तर हाम्रो मानसिकता ठूलो मात्रै देख्ने बन्यो सानोबाट सुरुवात गर्ने मानसिकताको बिकास नै हुन पाएन। अब हामिले सानो बाट आफुले सक्ने कामबाट ठूलो उद्देश्य बोकि कामका कुरा गर्ने बेला आएको छ ।
मेरो बुबाले ४५ बर्षको उमेरमा ठेलामा मोमो बेच्नुहुन्छ र म १९ बर्षकै उमेरमा मोमो बनाउन सिकिसकेछु भने मैले आउदो ३ बर्षमा आफ्नो पढाइ सङ्गै त्यो ठेलालाइ एउटा रेस्टुरेन्टमा परिबर्तन गर्नुपर्छ ।त्यस्तै बुबा– आमा जागिर खाने अथवा ब्यापार नगर्ने हुनुहुन्छ भने सुरुमा केही बर्ष जागिर गर्नु पनि अति महत्त्वपूर्ण हुन्छ। तर ध्यान दिनुपर्छ तलब कम भए पनि केही न केही आफैले गर्न सक्ने व्यावसायिक ब्यबहारिक ज्ञान् दिने हुनैपर्छ। मैले अहिले द्दघ बर्षको उमेरमा एउटा जागिर गर्दैछु भने त्यो जागिरले मेरो उद्देश्यमा पुग्न सिढिको काम गरेको हुनुपर्छ र लगनशिल भएर आफ्नो क्षमतामा पुर्ण बिश्वास नहुन्जेल सम्म जागिर गरिरहनु पर्छ साथै आफ्नो क्षमतामा अभिबृद्दी हुने खालका सेमिनार तथा तालिमहरुमा सहभागी बनी छिटो भन्दा छिटो आफ्नो कार्यशैली उत्कृष्ट बनाउनुपर्छ।तपाइले जागिर छोड्दा सस्थालाइ केही हुन्न किनकी तपाईं जस्ता धेरै सस्थामा काम गर्नेहरु आइरहनेछन तर तपाइले जागिर छोडेपछिको योजनाले तपाईं ,तपाइको परिवार र रास्ट्रले धेरै कुरा प्राप्त गर्नेछ। फजुल खर्च नगरी बचेको थोरै पैसा भएपनी सेयरमा लगानी गरेर ष्लखभकतयच को मानसिकता बनाउनुपर्छ। र केही सुरुवात गर्दा आफ्नै पैसाले सुरुवात गर्न सकियोस।यसरी हरेक साथिहरुले आफ्नो लागि केही न केही गर्न जरुरी छ ।गरिबिबाट मुक्ती पाउन सबैले सधै मनमा बोल्नुपर्छ “गरिब भएर जन्मिनु भाग्यमा थियो अब धनी भएर मर्नु मेरो हातमा हुनेछ ।”
लेखक : अनिल साउद