ताजा समाचार


खाडाँदेवीमा वडाअध्यक्षको श्रीमतीको फर्मलाई अनुदान

 नेपाल बाहक    १५ श्रावण २०७९, आईतवार १७:०७     180 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको एक वडाले स्थानीयको आवश्यकतालाई लत्याएर आफ्ना आफन्तलाई कृषि अनुदान दिएको खुलासा भएको छ । खाँडादेवी गाउँपालिका–४ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले अन्य किसानको आवश्यकतालाई लत्याउदै श्रीमतीको कृषक समुहलाई अनुदान दिएका हुन् । यो वडामा वडाध्यक्ष पौडेलका आफ्नै दाइ वडा सचिव छन् । भाइ वडा अध्यक्ष र दाइ वडा सचिव भएपछि मिलाएर वडा अध्यक्ष पौडेलले श्रीमती निर्मला पौडेल चालिसे संयोजक रहेको उद्यमसिल लघुउद्यमी महिला तरकारी कृषक समुहलाई ४० हजार रुपैयाँ अनुदान दिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उद्यमसिल लघुउद्यमी महिला तरकारी कृषक समुहले कतै केही काम समेत गरेको छैन ।
यता खाँडादेवी गाउँपालिका वडा नै ४ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले भने पद र पावरको आडमा आफन्तलाई अनुदान नदिएको बताउनुभयो । उहाँले आफ्नो श्रीमती संयोजक रहेको २६ जनाको समुहले सामुहिक रुपमा गरेको कुखुरा पालनलाई ४० हजार अनुदान दिएको बताउनुभयो । आर्थिक वर्ष २०७८÷०७९ मा वडाले छुट्याएको पाँचलाख रुपैयाँ अनुदानको भुक्तानी दिइएको हो, तर व्यक्तिगत रुपमा फाइदा हुनेगरी भुक्तानी दिएको छैन उहाँले भन्नुभयो । यसअघिका वडा अध्यक्ष धनबहादुर मानन्धरले आर्थिक वर्ष २०७८÷०७९ मा वडामा सञ्चालनमा रहेका पशुपंछी तथा कृषिफार्म तथा समुहका लागि पाँच लाख रुपैयाँ अनुदान रकम विनियोजन गरेको थियो । तर गत वैशाख ३० गते भएको स्थानीय तह निर्माचनबाट वडा अध्यक्षमा निर्वाचित भएको वडा अध्यक्ष पौडेलले अन्य किसानको मागलाई लत्याउँदै श्रीमतीको कृषक समुहलाई ४० हजार अनुदान दिएका हुन् ।