ताजा समाचार


एमालेका उपमहासचिव ज्ञवाली रामेछाप आउँदै

 नेपाल बाहक    १६ श्रावण २०७९, सोमबार १८:२१     198 जनाले पढ़िसके

रामेछाप । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मङ्गलवार रामेछाप आउनु हुने भएको छ । ज्ञवाली नेकपा एमाले रामेछापलेले आयोजना गरेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सहभागी हुन आउँदै हुनुहुन्छ ।
ज्ञवालीले जिल्ला कमिटी सदस्यहरू, सल्लाहकार परिषद् सदस्यहरू, नगर÷गाउँपालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्षहरू, निर्वाचित पालिका प्रमुख÷उपप्रमुख र वडाध्यक्षहरू, जनसङ्गठनका केन्द्रीय सदस्य, प्रदेश सदस्यहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले रामेछापले जनाएको छ ।