ताजा समाचार


“गठबन्धन सरकारले प्रधानन्याधीश लाई युज एण्ड थ्रो गर्यो” एमाले नेता ज्ञवाली

 नेपाल बाहक    १७ श्रावण २०७९, मंगलवार १६:०४     143 जनाले पढ़िसके

रामेछाप । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देउवा नेतृत्वको सरकारले प्रधानन्याधीशलाई युज एण्ड थ्रो गरेको आरोप लाउनु भएको छ । मंगलबार नेकपा एमाले रामेछापले आयोजना गरेको संगठन सुदृढीकरण तथा शुद्धिकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको छ ।
परमादेशको सरकार बनाउन सहयोग गरे वापत प्रधानन्यायाधीशलाई पदक तथा मन्त्री भाग लगाइएको उहाँको आरोप थियो । तर प्रधानन्यायाधीश सँग कुरा नमिले पछि महाअभियोगको प्रस्ताव अघि सारेको उहाँको दाबी गर्नु भयो ।
कार्यक्रममा बोल्दैँ ज्ञवालीले देशको अर्थतन्त्र द्वन्द्वकालमा भन्दा तल झरेको बताउनु भयो । अर्थतन्त्रका सूचक इतिहासकै तल झरेको बताउदैँ बैकमा तरलताको अभाव भएको बताउनु भयो । देशको वार्षिक बजेट भन्दा बढि व्यापार घाटा रहेको उहाँले बताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा एमालेले ३८ लाख भन्दा बढि मत एमाले प्राप्त गरेको नेता ज्ञवालीको बताउनु भयो । गठबन्धनमा आवद्ध दललाई इंकित गदैँैँ ३८ लाख मतलाई लुकाउदै एमाले पहिलोबाट दोस्रोमा खुम्चिएको भन्दैँ मनोबल गिराउन खोजेको बताउनु भयो । स्थानीय चुनावमा सत्ता पक्षको सत्ताको व्यपक दुरुपयोग गर्दा पनि एमाले मात्र ३४ प्रतिशत मत ल्याउनुले एमाले जनताको लोकप्रिय पाटी रहेको उहाँको दाबी थियो ।