ताजा समाचार


दुई वर्षमै भत्कियो रिचार्ज पोखरी

 नेपाल बाहक    २३ श्रावण २०७९, सोमबार १७:०१     124 जनाले पढ़िसके

दोलखा । दोलखाको भीमेश्वरमा निमार्ण भएको रिचार्ज पोखरी दुई वर्षमै भत्किएको छ । भीमेश्वर नगरपालिका–३ मा निर्माण गरिएको रिचार्ज पोखरी फुटे वडा न. २ र ३ का एक दर्जन घर जोखिम परेका छन् ।
प्रदेश सरकारको ६५ लाख बजेटमा निमार्ण भएको पोखरी दुई वर्ष अगावै भत्किएको हो । ६ हजार घन मिटर पानी अट्ने क्षमता रहेको पोखरी भत्किए पछि मर्याङ खोलामा आएको बाढी बस्तीमा पसेको थियो ।
बढीबाट एक दर्जन घरमा क्षति पुगेको छ । प्रदेश सरकारले खुल्ला चिडियाखाना अन्तर्गत सो पोखरी निमार्ण गरेको थियो । आइतबार आएको भरि वर्षाका कारण पोखरीको तल्लो साइटमा रहेको ग्याबिन जालीबाट माटो कटान हुँदै गए पछि पोखरी भत्किएको हो ।