ताजा समाचार

प्रहरीद्वारा चोरीका मोटरसाइकल सहित १० जना पक्राउ

 नेपाल बाहक    २३ श्रावण २०७९, सोमबार १७:२६     29 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले चोरीका मोटरसाइकल सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हप्तामा चारीका चार वटा मोटरसाइकल सहित १० जना पक्राउ गरेको हो ।
रामेछाप प्रहरीले बा.प्र ०२–०३३ प ३९४५, बा.प्र. ०२ ०२२ प ३५२०, बा.प्र.०२ ०१५ प ५४७८ र प्रदेश ३.०२.०२९ प ९६१२ नम्बरका मोटरसाइकल फेला पारेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद ढकालले बताउनु भयो । प्रहरीले मोटरसाइकल सहित खाँडादेवी गाउँपालिका–६ माकादुमका रामचन्द्र बुढाथोकी, सोही स्थानका सौरभ बुढाथोकी, सर्लाही हरिपुर गाउँपालिका–६ का ज्ञासोधिम मन्सुर, खाँडादेवी गाउँपालिका–२ हिलेचौर सुवास तामाङ र सोही स्थानका राजन योञ्जन रहेका छन् ।
त्यस्तै गरी ललितपुर महानगरपालिका–६ पोकुबाहालका लक्की शाक्य, म्याग्दी दरवाङ्ग गाउँपालिका विशेष राउत, खाँडादेवी गाउँपालिका–२ चुल्ठे पानीका घनश्याम कार्की, गोकुलगंगा गाउँपालिका–४ बेतालीका विनोद मुग्राती र नुवाकोट दुप्चेश्चर गाउँपालिका– ४ दुप्चेका रामशरण दमाईंलाई पक्राउ गरेको रामेछाप प्रहरी प्रवक्ता ढकालले बताउनु भयो ।