ताजा समाचार

मन्थली नगर खेलकुद विकास समितिको अध्यक्षमा माझी र युवा परिषद् उपाध्यक्षमा भट्टराई

 नेपाल बाहक    २४ श्रावण २०७९, मंगलवार १८:२३     32 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले पालिका स्तरको खेलकुद विकास समिति र युवा परिषद् गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्षमा गोपाल माझीलाई मनोनीत गरेको छ । त्यस्तै उपाध्यक्षमा वाशुदेव फुयाँल तथा सदस्यहरूमा वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की र कार्यपालिका सदस्य मुना कार्कीलाई मनोनीत गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले नगर युवा परिषद्को उपाध्यक्षमा पुष्कर भट्टराईलाई मनोनीत गर्ने निर्णय गरेको छ ।कार्यपालिका बैठकले मन्थली नगरको नगर विकास समिति सदस्यमा वडा नं १ र ३ का वडाध्यक्ष होमप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ तथा कार्यपालिका सदस्य उद्धव रम्तेललाई मनोनीत गरेको छ । त्यस्तै नारायणदास श्रेष्ठ र शान्ता न्यौपाने सुवेदी पनि सदस्यमा मनोनीत हुनुभएको छ ।
बैठकले नगर शिक्षा समिति सदस्य पनि मनोनीत गरेको छ । जसमा वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ र वडा नं २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की मनोनीत हुनुभएको छ ।