ताजा समाचार


नागरिकताको दोहोरो सिफारिस गर्ने वडा सचिव पक्राउ

 नेपाल बाहक    २५ श्रावण २०७९, बुधबार १८:०७     165 जनाले पढ़िसके

रामेछाप । नागरिकताको दोहोरो सिफारिस गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ । रामेछाप प्रहरीले दोहोरो सिफारिस गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा ४ का वडा सचिव पदम कुमारी बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेतलाई इलाका प्रहरी चौकी उमाकुण्डले बुधवार पक्राउ गरेको रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिनुभयो । बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ढकालले बताउनु भयो ।
वडा सचिव बस्नेतले २०७५ सालमै नेपाली नागरिकता बनाइ सकेकि सोहि स्थानकि निर्मला बस्नेतलाई पुनः नागरिकताको सिफारिस गरेकि थिइन् ।
वडा कार्यालयको सिफारिस सहित जिल्ला प्रशासन कार्यालय रामेछापमा बस्नेतले बहिनीको विद्यालयको कागजाजको आधारमा सिफारिस सहित नागरिकता बनाउन आएको जिल्ला प्रशासन कायालय रामेछापले जनाएको छ ।।
प्राप्त कागजाजका आधारमा निर्मला बस्नेतमाथि नागरिकता फाँटका कार्मचारीहरुले शंका व्यक्त गरे पछि घटना बाहिर आएको थियो । सो क्रममा उनिहरुल निर्मला माथि सोध खोज गरेका र सो क्रममा उनका कागजपत्र प्वाल परेको र नाम भएको ठाउँमा पनि केरमेट् गरीको भेटिए पछि उनको माग दाविमा खोट देखिएको थियो ।