ताजा समाचार


फोनिज रामेछापद्धारा दुई जना पत्रकार सम्मान

 नेपाल बाहक    २७ श्रावण २०७९, शुक्रबार १५:२४     187 जनाले पढ़िसके

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज रामेछापले दुई जना पत्रकारलाई सम्मान गरेको छ । फोनिजले २३ औँ स्थापन दिवस अवसर पारेर पत्रकार सम्मान गरेको हो ।

फोनिज रामेछापले शुक्रवार मन्थलीमा एक कार्यक्रम आयोजना गरेर पत्रकार टिका प्रसाद भट्ट र नवराज श्रेष्ठलाई सम्मान गरेको हो । फोनिजले श्रेष्ठलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरेको हो भने भट्टलाई नेपाल आदिवासी जनजाति खोज पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरेको हो ।

कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन भएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाकी उप प्रमुख बाल कुमारी कार्की, रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव प्रसाद घिमिरे, रामेछापका प्रहरी प्रमुख डिएसपी राज कुमार थिङ, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बन्द्रि नयाँघरे, नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका जिल्ला इन्चार्ज युनिक बिफा घिसिङ तथा प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीले शुभकामना मन्तव्य राखेको थिए ।