ताजा समाचार


खराब प्रवृत्ति विरुद्ध समाचार लेख्न पत्रकारलाई एमाले नेता श्रेष्ठको सुझाव

 नेपाल बाहक    २७ श्रावण २०७९, शुक्रबार १६:१०     128 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठले खराब प्रवृत्तिको विरुद्ध समाचार लेख्न पत्रकारलाई सुझाव दिनु भएको छ । शुक्रवार नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ फोनिजले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा शुभकामना दिँदै पत्रकारले व्यक्तिको विरुद्धमा भन्दा प्रवृत्तिका विरुद्धमा कलम चलाउनु पर्नेमा जोड दिनु भएको हो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले सञ्चार गृहलाई र पत्रकारलाई व्यवस्थित गर्न न्यु मिडियाको प्रयोग गरिनु पर्ने बताउनु भयो । सामाजिक सञ्जालको प्रयोगले सञ्चार माध्यमको पहुँच बढेको दर्शक पाठक बताउँदै पत्रकारिता पेसालाई थप मर्यादित र बिश्वासनिय बनाउनु पर्ने उहाँले बताउनु भयो । उहाँले पत्रकारलाई तथ्य बाहिर ल्याउन सुझाव दिनु भयो । कार्यक्रममा श्रेष्ठले पत्रकारलाई रामेछाप जिल्ला रहेको सामाजिक, आर्थिक तथा संस्कृति समस्या बाहिर ल्याउन समेत अनुरोध गर्नु भयो ।
कार्यक्रममा पत्रकार टिका प्रसाद भट्ट र नवराज श्रेष्ठलाई सम्मान गरिएको थियो । फोनिज रामेछापले श्रेष्ठलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरेको हो भने भट्टलाई नेपाल आदिवासी जनजाति खोज पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरेको हो । कार्यक्रम फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन भएको थियो ।।