ताजा समाचार


एमाले मन्थली –काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा रवीन्द्र कुमार श्रेष्ठ

 नेपाल बाहक    २९ श्रावण २०७९, आईतवार ११:५४     127 जनाले पढ़िसके

रामेछाप । नेकपा एमाले मन्थली –काठमाडौँ सम्पर्क मञ्चको प्रथम सम्मेलन शनिवार काठमाडौँ सम्पन्न भएको छ । सम्मेलनले रवीन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ३३ सदस्य कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा स्वस्तिका खड्का र शिवराज घिमिरे, सचिवमा अरुण अधिकारी, उपसचिवमा गोपीलाल तामाङ र उपसचिव सन्जु कार्की, कोषाध्यक्ष सन्दीप बुढाथोकी रहनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले रामेछापका इन्चार्ज कैलाश ढुङ्गेलको प्रमुख आतिथ्थतामा कार्यक्रम सम्पन्न भएको थियो ।