ताजा समाचार


रेडक्रस सोसाइटि रामेछापको सभापतिमा शिव कार्की निर्वाचित

 नेपाल बाहक    २९ श्रावण २०७९, आईतवार १७:१३     146 जनाले पढ़िसके

रामेछाप । नेपाल रेडक्रस सोसाइटि रामेछापको सभापतिमा शिव कार्कीको विजय हनु भएको छ । आइतबार मन्थलीमा भएको निर्वाचनमा कार्की ५३ मतका साथ विजय हुनु भएको हो । सभापतिका अर्का प्रत्याशी जय प्रकाश श्रेष्ठलाई ५० मत प्राप्त भएको थियो ।
सभापतिमा कार्की सहित उप सभापतिमा नारायण दास श्रेष्ठ र कल्पना केसी बोहोरा , मन्त्रीमा दुर्गा बहादुर श्रेष्ठ, कोषाध्यक्षमा दिनेश कुमार कार्की, उपकोषाध्यक्षमा यतन हरि सुवेदी, महिला सदस्यमा कमला कुमारी खड्का, विष्णुलक्ष्मी उप्रेती र सुशीला गुरुङ, सदस्यहरूमा रमेश कुमार उदास, यादव प्रसाद दाहाल, ढाल विक्रम कार्की, राजेन्द्र बहादुर कार्की, धुर्व कुमार खड्का र कृष्ण प्रसाद उप्रेती निर्वाचित भएका छन् । उपमन्त्रीमा भने राज कुमार बस्नेत निबिरोध निर्वाचित हुनु भएको थियो ।