ताजा समाचार


करेन्ट लागेर एक पुरुषको निधन

 नेपाल बाहक    ३० श्रावण २०७९, सोमबार ०७:५३     114 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका ७ मुगिटारमा करेन्ट लागेर एक जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा मुगिटार ५५ वर्षीय बिजुली माझी रहेका छन् ।
आइतबार गाई बस्तु चराउने क्रममा पोलबाट भुईँमा लत्रिएको बिजुलीको तार छुँदा माझिएको ज्यान गएको हो । क्षतिपूर्तिको माग राख्दै स्थानीयले शव उठाउन अवरोध गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थलीको निमित्त प्रमुख रमेशमणि चौधरीले कानुन बमोजिम पाउने क्षतिपूर्ति नगद रु २५,०००।– क्रिया खर्च तत्काल दिने र नियमअनुसार प्राप्त हुने रु ५,००,०००।– (पाँच लाख) दिलाउन पहल गर्ने सहमति गरे पछि माझिएको लासलाई पोष्टमाटमको लागि मन्थली अस्पताल ल्याइएको छ ।