ताजा समाचार


करणी उद्योगमा रामेछाप उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष पक्राउ

 नेपाल बाहक    १ भाद्र २०७९, बुधबार १६:३४     250 जनाले पढ़िसके

रामेछाप । करणी उद्योगमा रामेछाप उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष तथा व्यवसायि पवन कठायत पक्राउ परेका छन् । कठायतलाई बुधवार प्रहरीले मन्थलीबाट पक्राउ गरेको हो । उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका–१ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जर्वजस्ती करणी गर्न खोजेको भन्दै कठायत विरुद्ध यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन ।
यादवले जाहेरी पछि कठायत फरार भएका थिए । फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो । पक्राउ परेका कठायतलाई बुधवार नै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने रामेछाप प्रहरीले जनाएको छ ।