रामेछाप । रामेछाप प्रहरीले बैङ्क कसुरका अभियुक्तलाई गरेको छ । पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका ६ स्थायी घर भएका ५३ वर्षीय कृष्ण बहादुर खड्का रहेका छन् ।
प्रहरीले खड्कालाई आइतबार मन्थली नगरपालिका १ बाट पक्राउ गरेको हो । खड्कालाई बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले गत साउन १५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
खड्कालाई पक्राउ गरी उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिनु भयो ।