ताजा समाचार


डाँका मुद्दामा फरार रहेका तामाङ २ वर्ष पछि प्रहरी फन्दामा

 नेपाल बाहक    १३ भाद्र २०७९, सोमबार ०७:२३     260 जनाले पढ़िसके

रामेछाप । रामेछाप प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने लिखु तामाकोसी गाउँपालिका ५ स्थायी घर भएका भत्त बहादुर तामाङ रहेका छन् ।
तामाङलाई प्रहरीले शनिवार देवकोटा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिनुभयो । उनलाई डाँका मुद्दामा २०७७ चैत ३० गते जिल्ला अदालत रामेछापले दोषी ठहर गदै ६ वर्ष ११ महिना जेल सजाय र ७० हजार जरिवाना गर्ने फैसला गरेको थियो ।
तामाङलाई पक्राउ गरेर जिल्ला अदालत रामेछापका पेस गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।