ताजा समाचार


रामेछापमा सर्वाधिक पुरस्कार राशिको पुरुष फुटबल प्रतियोगिता हुँदै

 नेपाल बाहक    २१ भाद्र २०७९, मंगलवार १६:११     54 जनाले पढ़िसके

रामेछाप । रामेछापमा दोस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

दीपशिखा ब्वाइज युनाइटेड क्लब मन्थली रामेछापको आयोजनामा असोज १० गते देखि फुटबल प्रतियोगिताको आयोजना हुने आयोजकले जनाएको छ । असोज १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रयोजक मन्थली नगरपालिका रहने छ । प्रतियोगितामा ५ जिल्लाका क्लबहरूले सहभागिता जनाउने आयोजक क्लबले अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ३ हजार पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउन छ भने द्धितिय हुनेले नगद २ लाख २ हजार शिल्ड, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद १ लाख १ हजार नगद पुरस्कार पाउँदा सान्त्वना स्थान हासिल गर्ने क्लबले नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विद्यातर्फ विभिन्न शीर्षकमा उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव किशोर थापाले जानकारी दिए । प्रतियोगिता राष्ट्रिय स्तरकै हुने र सहभागी क्लबहरूमा राष्ट्रिय स्तरकै चर्चित खेलाडीहरूको सहभागिता रहने बताइएको छ ।