ताजा समाचार


रामेछापका १६ जनामा डेंगुको सङ्क्रमण

 नेपाल बाहक    २२ भाद्र २०७९, बुधबार २०:१३     63 जनाले पढ़िसके

रामेछाप । रामेछापका १६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछाप र मन्थली अस्पतालमा परीक्षण गर्न आउने मध्ये १६ जना डेंगुको सङ्क्रमण देखिएको हो ।
हाल सम्म जिल्ला अस्पताल रामेछापमा ११ जना र मन्थली अस्पतालमा ५ जनामा डेंगु सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार रामेछापमा डेंगुका बिरामीहरूको सङ्ख्या दैनिक रूपमा बढिरहेको छ ।
ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण भएर आएका बिरामीमा परीक्षण गर्दा अहिलेसम्म ५ जनामा डेंगी सङ्क्रमण भेटिएको मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताउनुभयो । डेंगु रोग लाग्ने बिरामीको सङ्ख्या बढ्दै गएकाले यसलाई मध्यनजर गरी मन्थली अस्पतालले डेंगीका बिरामीको उपचारमा विशेष ध्यान दिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनु भयो । मन्थली अस्पतालले अहिले डेंगी परीक्षणको दर बढाएको छ । बिरामीहरूलाई वार्डमा झुलभित्र राखेर उपचारको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनु भयो ।