ओखलढुंगा । ओखलढुंगामा ट्रकको ठक्करबाट एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका ८ का २६ बर्षीय फुरी शेर्पा रहेको प्रहरीले जनाएको छ ।
शेपालाई सिद्धिचरण नगरपालिका ११ रमाइलो डाँडामा ना २ ख ८७७९ नम्बरको ट्रकले बिहीबार दिएको थियो । ट्रकको ठक्कर बाट गम्भीर भएका शेर्पालाई ओखलढुंगा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको थियो ।
शेर्पालाई काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यानको गएको ओखलढुङ्गाका प्रहरी जनाएको छ । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।