ताजा समाचार


गठबन्धनका कारण महिला कोटा कोल्याप्स भयो : एमाले नेतृ बस्नेत

 नेपाल बाहक    २५ भाद्र २०७९, शनिबार १७:५६     57 जनाले पढ़िसके

रामेछाप । बागमती प्रदेश सरकारकी निवर्तमान सामाजिक विकास मन्त्री एवम्  नेकपा एमाले नेतृ सरस्वती बस्नेतले गठबन्धनका कारण राजनीतिमा महिला सहभागितामा कमी आएको बताउनु भएको छ । शनिवार अखिल नेपाल महिला सङ्घ रामेछापको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गदै बस्नेतले यस्तो बताउनु भएको हो ।
केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा महिला सहभागिता उल्लेखित रूपमा रहेको उहाँको दाबी थियो । तर केपी शर्मा ओलीको सरकार विस्थापित गरेको बनेको गठबन्धनको सरकारले महिला कोटा कोल्याप्स गरिदिएको उहाँ आरोप थियो । स्थानीय तहको निर्वचनमा समेत महिला सहभागिता न्यून रहेको बस्नेतले बताउनु भयो ।
कार्यक्रममा बोल्दै बस्नेत निर्वाचन सफल पार्न महिलाहरूको सक्रिय सहभागिताको आवश्यक हुने बताउनु भयो । उहाँ निर्वाचनमा महिलाहरूलाई सक्रियरुपमा सहभागी हुन समेत आग्रह गर्नु भयो । मतदाताको हिसाबले महिला धेरै भएककाले निर्वाचनमा महिलाको सक्रिय सहभागिता आवश्यकता रहेको उहाँले बताउनु भयो ।