ताजा समाचार


घरमै पुगेर विपन्न परिवारको सुत्केरीलाई पौष्टिकयुक्त खाद्यान्न वितरण

 नेपाल बाहक    २६ भाद्र २०७९, आईतवार २१:१३     41 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका ३ कठजोरका वडाध्यक्ष कृष्णगोपाल थापाले घरमै पुगेर विपन्न परिवारको सुत्केरीलाई पौष्टिकयुक्त खाद्यान्न तथा आमा र बच्चालाई न्यानो कपडा वितरण वितरण भएको छ ।
वडाध्यक्ष थापा र वडा सदस्य रमेश बरुवालले आइतबार मन्थली नगरपालिका ३ ठुलीमदौकी जानुका बसेललाई ५ हजार बरावरको पौष्टिक खाद्यान्न तथा आमा र बच्चालाई न्यानो कपडा वितरण वितरण भएको हो ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले वडा कार्यालयले सुत्केरी महिलालाई सहयोग गरेको वडाध्यक्ष थापाले बताउनु भयो । वडा कार्यालयले उक्त सुत्केरी महिलालाई एक बोरा चामल, एक केजी ज्वानो, कपडा धुने साबुन, आमा र बच्चालाई नुहाउने साबुन, आमा र बच्चालाई एक सेट कपडा, एक लिटर तेल, एक केजी घिउ, एक क्रेट अण्डा लगायत पोषण युक्त खानेकुरा वितरण गरेको थापाले बताउनु भयो ।