रामेछाप । दोस्रो रामेछाप कप २०७९ को तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिवार पत्रकार सम्मेलन गदै आयोजक दीपशिखा व्याईज युनाईटेड क्लब दोस्रो रामेछाप कप पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
क्लबका अध्यक्ष आशिष कार्कीको अनुसार प्रतियोगिता असोज १० देखि १५ सम्म क्लबको आफ्नै फुटबल मैदानमा सञ्चालन गरिने छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३ लाख ३ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हुने टिमले नगद २ लाख २ हजार शिल्ड, मेडल र प्रमाण, तृतीय हुने टिमलाई नगद १ लाख १ हजार, शिल्ड, मेडल र प्रमाण र सान्त्वना स्थानमा रहनेलाई २५ हजार र प्रमाण प्राप्त गर्ने छन् ।
त्यसै गरी प्रतियोगितामा वेस्ट किपर, वेस्ट डिफेन्डर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकत्र्ताले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन आयोजक टिम सहित १५ टिमको टिम दर्ता गराएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान आयोजक क्लबले भएता पनि हाल सम्म १५ लाखको मात्रा श्रोत सुनिश्चित भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।