ताजा समाचार


खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन तथा समिक्षा कार्यक्रम सम्पन्न

 नेपाल बाहक    १२ आश्विन २०७९, बुधबार ०८:०२     56 जनाले पढ़िसके

काठमाडौं । ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा एक भव्य कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक डा। उत्तम खनालले स्वतन्त्र नेतृत्ववाद इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउनेमा आशा छ भन्दै लेखक खत्रीलाई बधाई र सफलताको शुभकामना व्यक्त गर्नुभयो । साहित्यकार रुपसिंह भण्डारीले वाद विकास हुन समय लाग्ने भन्दौ समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजान सुझाउनु भयो। त्यस्तै कार्यक्रमलाई बिशिष्ट अतिथीको रुपमा बोल्दै प्राध्यापक डा। गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताउनुभयो ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेका लेखक खत्रीले उपस्थित सबैलाई धन्यवाद दिदै स्वतन्त्र नेतृत्ववादले युवा पुस्तालाई कसैको चाप्लुसी नगरी नेतृत्वमा पुग्न मद्धत पुर्‍याउने बताउँदै लेखकको धर्म लेख्नु भएको र बाँकी प्रतिक्रियाका लागि आजबाट पुस्तकलाई पाठकको जिम्मामा लगाएको बताएका थिए । सोही कार्यक्रममा विश्व किर्तिमानी गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर चित्र कुमार कार्कीले गिनिज बुकको तर्फबाट मायाको चिनो स्वरुप मेडल प्रदान गरेर लेखकलाई सम्मान एवं हौसला प्रदान गर्नुभएको थियो। कार्यक्रममा लेखक, समाजसेवी, पूर्वसरकारी अधिकारीहरु लगायत विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।