ताजा समाचार


रामेछापको प्रतिनिधिसभामा कान्छाराम र प्रदेशसभा क मा पौडेलको अग्रता

 नेपाल बाहक    ७ मंसिर २०७९, बुधबार १६:५४     23 जनाले पढ़िसके

रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि भएको मतदानको मतगणना भइरहेको छ । जारी मतगणना अनुसार प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार पूर्ण बहादुर तामाङ अग्रता लिनु भएका छ । प्रदेश सभा क माभने एमाले उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिनु भएको छ ।
१३ हजार ८४५ मत गणना गर्दा गठबन्धनका उम्मेदवार तामाङ ६ हजार ७६७ मत प्राप्त गर्नु भएको छ । भने एमाले उम्मेद्वार कैलाश प्रसाद ढुङ्गेल ५ हजार ५२ मतका साथ द्रोस्रो स्थानमा हुनुहुन्छ । प्रदेश सभा तर्फ १५ हजार ५ सय ४० मत गणना गर्दा एमाले उम्मेदवार पौडेलले ६ हजार ५०४ मत प्राप्त गर्नु भएको छ । ५ हजार ४ सय १६ मतको साथ माओवादी केन्द्रका तारानारायण श्रेष्ठ द्रोस्रो स्थानमा हुनुहुन्छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदानमा रामेछापमा ४९.४४ प्रतिशत मत खसेको थियो । रामेछापमा कुल १ लाख ८० हजार १०६ जना मतदाता रहेका छन् । रामेछापमा ९६ वटा मतदान स्थल र २ सय २६ वटा मतदान केन्द्रबाट मतदान भएको थियो । रामेछापमा प्रतिनिधिसभा तर्फ एक र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ २२ जना र प्रदेश क मा ११ जना र प्रदेश ख मा १२ जना चुनावी मैदानमा छन् ।