ताजा समाचार


मन्थली साकोसको २५ औँ साधारण सभा सम्पन्न : कुल सम्पत्ति १ अर्ब ६ करोड भन्दा माथि

 नेपाल बाहक    १७ मंसिर २०७९, शनिबार १९:४९     209 जनाले पढ़िसके


मनिषा खत्री, रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको प्रमुख आथिथ्थतामा कार्यक्रम सम्पन्न भएको हो ।
मन्थली बचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा ६६ लाख ७५ हजार १५२ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको छ । शनिवार भएको साधरणसभा कोषाध्यक्ष टिका प्रसाद भटुले सार्वजनिक गर्नु भएको प्रतिवेदनमा सो कुराको उल्लेख गरिएको छ । प्रतिवेदनमा हाल १५ हजार ६ जना सेयर सदस्य रहेको समेत उल्लेख छ ।
मन्थली साकोसले गत असार मसान्त सम्ममा ६६ करोड २९ लाख २५ हजार ९६७ रुपैयाँ ऋण लगानी गरेको छ । भने संस्थामा ९ करोड ४५ लाख ९० हजार ४ सय सेयर पुजी र ८५ करोड ३५ लाख ४५ हजार २७४ रुपैयाँ बचत सङ्कलन गरेको र १ अर्ब ६ करोड ८४ लाख ७९ हजार ७६३ रुपैयाँ संस्थाको कुल सम्पत्ति रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
मन्थली बचत तथा ऋण सहकारी संस्था २०५४ सालमा स्थापन भएको थियो । यस सहकारीले हाल मन्थली नगरपालिका, रामेछाप नगर पालिकाको ६, ७, ८ र ९ नम्बर वडा, लिखुतामाकोसिको ३, ४, ५ र ७ नम्बर वडा र खाँडादेवी गाउँपालिकाको ४ र ५ नम्बर वडा लाई कार्यक्षेत्र बनाएर काम गरी रहेको छ ।