ताजा समाचार


रामेछापमा सवारी चालक तथा सह–चालकको निः शुल्क स्वास्थ्य परीक्षण

 नेपाल बाहक    २ पुष २०७९, शनिबार १५:०९     23 जनाले पढ़िसके

रामेछाप । रामेछापमा सवारी चालक र सहचालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार रामेछाप सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालक र सहचालकको निः शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ५१ जना सवारी चालक तथा सहचालकहरूको सुगर तथा प्रेसर जाँच गरिएको प्रहरी सहायक निरीक्षक दीपक चौलागाईले जानकारी दिनु भएको छ । परीक्षण गरिएका मध्ये ४१ जना पुरुष र १० जना महिला रहेका छन् ।
सवारी चालकहरू शारीरिक तथा मानसिक रूपले पूर्ण रूपमा स्वास्थ्य रहनुपर्ने भएकाले प्रहरीले विभिन्न समयमा उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सडकबाटै चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।