ताजा समाचार


वडा कार्यालयद्वारा ज्येष्ठ नागरिकलाई इलेक्ट्रिक जग र गिलास उपहार 

 नेपाल बाहक    १५ पुष २०७९, शुक्रबार १९:०८     215 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका वडा न. ५ सुनारपानीले ज्येष्ठ नागरिकलाई इलेक्ट्रिक जग र गिलास उपहार दिएको छ । बुधवार वडा कार्यालयमा ज्येष्ठ नागरिकको लागि सम्मान कार्यक्रमको आयोजना गरी इलेक्ट्रिक जग र गिलास उपहार दिईएको हो ।
वडा कार्यालयले वडामा रहेका ८० वर्ष माथिका ७० जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप जग र पानी पिउने गिलास प्रदान गरेको वडा अध्यक्ष नवीन कार्किले बताउनु भयो । ज्येष्ठ नागरिकको सम्मानका लागि जाडोमा पानी तताउने जग र कप वितरण गरेका उहाँले बताउनु भयो ।
ठूलाठूला सपना बाँड्ने भन्दा वडा बासीको सामान्य दैनिकी सँगै जोडिएका विषयलाई सम्बोधन गर्ने प्रयत्न गरेको वडाध्यक्ष कार्कीले बताउनु भयो । शैक्षिक सुधार, स्वास्थ्य शिविर र वृद्ध वृद्धा सम्मान जस्ता कार्यक्रमलाई वडाले जोड दिँदै आएको कार्कीले दाबी गर्नु भयो ।