ताजा समाचार


पर्यटन व्यवसायि सहकारीको १२ औँ साधरण सभा सम्पन्न

 नेपाल बाहक    १७ पुष २०७९, आईतवार १२:४१     18 जनाले पढ़िसके

रामेछाप । पर्यटन व्यवसायि सहकारी संस्थाको १२ औँ साधरण सभा सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका ६ माकादुमा संञ्चालन भइरहेको सहकारीले आफ्नो १२ औं  साधरण सभा शनिबार माकादुममा गरेको हो ।
साधरणसभा सहकारीका अध्यक्ष नर बहादुर बुढाथोकीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
पर्यटन सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ मा २९ लाख ८४ हजार १२६ रुपैयाँ खुदा नाफा कमाउन सफल भएको कार्यक्रममा जानकरी गराइएको थियो । शनिवार भएको साधरणसभामा कोषाध्यक्ष कमल महतले सार्वजनिक गर्नु भएको प्रतिवेदनमा संस्थाको सेयर पुजीँ १ करोड ६४ लाख ९ हजार ६ सय पुगेको उल्लेख छ । साथै प्रतिवेदनमा हाल ३ हजार ७ सय ५० जना सेयर सदस्य रहेको समेत उल्लेख छ ।
संस्थाले हाल सम्ममा ८ करोड ४ लाख ४६ हजार ७८१ रुपैयाँ ऋण लगानी गरेको छ । भने संस्थामा ७ करोड ८० लाख ९४ ९९३ रुपैयाँ बचत सङ्कलन गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।