ताजा समाचार


रामेछापमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुदैँ

 नेपाल बाहक    २० पुष २०७९, बुधबार ०६:४९     12 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बाग्मती प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीले प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगिता आउने माघ ४ गतेदेखि ७ गतेसम्म रामेछापको सदरमुकाम मन्थलीमा हुन लागेको महासंघका वाग्मती प्रदेश अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताउनुभयो । प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका टिमले भाग लिने उहाँले बताउनुभयो ।
खेलको औपचारिक उद्घाटन माघ ४ गते हुने र समापन माघ ७ गते गर्ने कार्यतालिका रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुने टिमले एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउनुहुने छ ।