रामेछाप । उमाकुण्ड गाउँपालिका ३ कुभुकास्थलीमा रहेको भगवती आधरभुत विद्यालयको अध्यक्षमा प्रेम कुमार केसी चयन हुनु भएको छ ।
वडा न ३ कुभुकास्थलीका वडा अध्यक्ष गुन कुमार थापाको प्रमुख आतिथ्थता तथा उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखा प्रमुख विनीता महतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समितिको सदस्यहरूमा शान्त बहादुर खड्का , भोज बहादुर खड्का, सुनिता बस्नेत, दिपा सुनुवार, रिता खड्का र सूर्य बहादुर कार्की चयन हुनु भएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि गर्न र विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा उहाँले आफ्ना बच्चाहरूको निरन्तर विद्यालयमा पठाउन अभिभावलाई अनुरोध गर्नु भएको थियो भने विद्यालयको शिक्षाको गुणस्तर बढाउन वडाले भरपुर सहयोग गर्ने समेत प्रतिबद्धता गर्नु भएको भयो ।