ताजा समाचार


टोल सुधारका बारेमा जनप्रतिनिधि संग छलफल

 नेपाल बाहक    १ माघ २०७९, आईतवार ०९:५८     7 जनाले पढ़िसके

रामेछाप । मध्य मन्थली टोल विकास समितिले सडक बत्ती, ढल व्यवस्थापन र खानेपानीको पाइप व्यवस्थापनको लागि जन प्रतिनिधि सँग अनुरोध गरेको छ ।
शनिवार टोल सुधार समितिका अध्यक्ष माधव ढकालको अध्यक्षतामा बसेको बैठकले मन्थली नगरपालिकालाई सुन्दर र सभ्य नगर बनाउन अव्यवस्थित ढल, रेडक्रसको भवन देखि होटेल पाउन घर हुँदै रनजारे खोला सम्म जोड्ने कुलोको व्यवस्थापन गर्न अनुरोध गरेको थियो ।
रामेछाप नगरपालिकाकी उप–प्रमुख बालकुमारी कार्की र मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेत सहित बसेको बैठकले नयाँ सडकको ट्याक खोली सडक व्यवस्थापन गर्न अव्यवस्थित बत्तीको पोल र खानेपानीको पाइब लाई पुनः रूपमा व्यवस्थापन गर्नको अनुरोध गरेको हो ।