ताजा समाचार


कृषिजन्य उत्पादनको खरिदबिक्रिमा कर मिनाह

 नेपाल बाहक    ३ माघ २०७९, मंगलवार ०८:४२     6 जनाले पढ़िसके

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालीकाले कृषिजन्य उत्पादनको खरिद तथा बिक्रिमा कर मिनाह गर्ने भएको छ । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको कृषि उपजहरू बिक्री वितरण गर्दा यसअघि लिँदै आएको कर मिनाह गर्ने निर्णय गरेको हो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाको १२ औँ गाउँ सभा तथा हिउँदे अधिवेशनबाट स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल र खाद्य जन्य बस्तुहरूको बिक्री वितरणमा कुनै पनि कर नलिने प्रस्ताव पारित भएको हो । खाँडादेवीका कृषकले उत्पादन गरेको कृषि उपजहरु बिक्री वितरण गर्दा कर बापतको कुनै शुल्क नलाग्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जानकारी दिनु भयो । यो निर्णयले स्थानीय कृषकहरूलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादन बढ्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो
स्थानीय स्तरमा उत्पादन भएको कृषि उत्पादनहरूको सहज रूपमा बिक्री वितरण गर्ने उद्देश्यले गाउँपालिकाले हाटबजार सञ्चालनको व्यवस्था गरेको हो । किसनले स्थानीय स्तरमा उत्पादन गरेको विशेष गरी कृषि जन्य वस्तुहरूको सहज रूपमा बिक्री वितरण गर्न सक्ने गरी गाउँपालिकाले उक्त हाट बजारलाई थप व्यवस्थित बनाउने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।